• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ऋषि धमलालाई समाचारको खडेरी


ऋषि धमला जोक्स ~
ऋषि धमलालाई एक पटक
समाचारको खडेरी परेछ । के रिपोर्टिङ् गरौँ,
के रिपोर्टिङ् गरौँ भईरा'
बेला बाटोमा ठूलो भिड देखे ।
भिडको विचमा कार थियो । कारले कसैलाई
हानेको जस्तो देखिन्थ्यो । तर भिड निकै
बाक्लो भएकोले भिड छिचोल्दै भित्र पस्न
धमलालाई गाह्रो परेछ । "म ऋषि धमला ।
हटिदिनुस् त । रिपोर्टिङ गर्नु परो,"
धमला कराए । तर कसैले पनि टेरेनछन् ।
रिपोर्टिङ त गर्नै पर्यो । धमलाले
जुक्ति लगाए । ठूलो ठूलो स्वरले रुँदै कराउँन
थाले, "यो कारले हानेको मान्छे मेरो बुबा हो ।
कृपया मलाई अगाडी जान दिनुस् ।" यति सुने
पछि भिड सट्ट दुई चिरा पर्दै
धमलाको लागि बाटो बनाईदियो ।
कारको सामु छट्पटाउँदै गरेको गोरु
पो लडिरहेको थियो ।##